Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

रवीन्द्र मिश्रले दिए अध्यक्ष पदबाट राजीनामा

रवीन्द्र मिश्रले दिए अध्यक्ष पदबाट राजीनामा

काठमाडौं, ११ जेठ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् ।


स्थानीय तह निर्वाचनमा पार्टीको निराशाजनक परिणाम आएको भन्दै मिश्रले अध्यक्ष पदबाट राजीनामा दिएका हुन । मिश्रले बुधबार प्रेस वक्तव्य जारी गर्दै चुनावी परिणामको जिम्मेवारी लिंदै राजीनामा दिएको उल्लेख गरेका छन् ।


गत ५ वर्षदेखि आफूले तन, मन र धनले भ्याएसम्म संयोजक र अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गरेको भन्दै मिश्रले उल्लेख गरेका छन्, ‘निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु । म पार्टीको साधारण सदस्य रहिरहने छु,’ मिश्रले वक्तव्यमा उल्लेख गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x