Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

संयुक्त विद्यार्थी संगठनले गरे आयल निगम घेराउ

संयुक्त विद्यार्थी संगठनले गरे आयल निगम घेराउ

काठमाडौं, ११ जेठ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन ।


बुधबार नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै निगमको कार्यालय घेराउ गरेका हुन्। उनीहरुले निगमको मुल गेटमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नाराबाजी गरेका थिए । उनीहरुले रुस र युक्रेनको युद्ध देखाएर नेपालमा मूल्यवृद्धि गर्नुको तात्विक कारण नरहेको बताए ।


रुस र युक्रेनमा भएको युद्धलाई लिएर जनतालाई अफवाह फैलाएर सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको उनीहरको आरोप छ । उनीहरुले जनतालाई खान, लाउन शंकट भएको बेलामा पनि नेपाल सरकार जनता चाहिँदैन भनेर आफ्ना अव्यवहारिक गतिविधिमा लिप्त रहेको बताए ।
कार्यक्रममा बोल्दै विद्यार्थी संगठनका नेताहरुले जनताको कर एसी गाडीमा झण्डा हालेर हिँड्नका लागि नभएको भन्दै राज्यले जनतामाथि परिरहेको शंकटको बेलामा अविभावकत्व लिनुपर्ने बताए । पार्टीमा लाग्यो भन्दैमा जनता सेक्ने काम गर्ने सरकार र नेताहरुको शासन प्रणालीलाई लालसलाम, जिन्दावाद र जय नेपाल भन्न नसकिने जिकिर गरे । उनीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि कुनैपनि हिसावले ठीक नभएको बताए ।
सरकारले अविलम्ब पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नलिए आगामी दिन विरोधका कार्यक्रमहरु थप सशक्त बनाउँदै जाने चेतावनीसमेत दिए । निगमका कर्मचारी, सरकारी कर्मचारी र मन्त्री तथा सांसदहरुलाई सेवा, सुविधा थप गर्न सरकार लागि परेको भन्दै उनीहरुले आयल निगम घाटामा नभएको र सरकारले मनलाग्दी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको बताए। उनीहरुले आयल निगमले ३३ अर्ब घाटा भनेको तर ५५ अर्ब नाफा भएको कुरा जनतालाई नभनेको आरोप लगाए।
प्रदर्शनकारीहरुले गठबन्धनको उपहार महंगी र भ्रष्टाचार, अनियमितता र भ्रष्टाचार, देउवा सरकारको उपहार, आयाल निगमका भ्रष्ट कर्मचारी मुर्दावाद जस्ता नारा लगाएर विरोध गरेका थिए । सरकारले गत आइतबार रातिबाट लागू हुने गरेर प्रतिलिटर १० रुपैयाँका दरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । अहिले पेट्रोल प्रति लिटर १८०, डिजेल र मट्टितेल १६३, आन्तरिक हवाईमा १६६, खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २०० रुपैयाँले बढाएर १८ सय रुपैयाँ पुर्याएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x