रेड्मी १० नेपाली बजारमा


काठमाडौँ, १२ जेठ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १० नेपाली बजारमा सार्वजनिक गरेको छ । स्मार्टफोनको बजारमा हुने चुनौतीलाई मध्यनजर गर्दै सस्तो दरमा उत्कृष्ट उत्पादन ल्याउने लक्ष्यका साथ शाओमीले रेडमी १० लन्च गरेको बताएको छ ।


लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, “हाम्रो लागि उपभोक्ता नै हाम्रो केन्द्रबिन्दु हो जसले गर्दा हामीलाई शाओमीले प्रयोग गर्ने टेक्नोलोजी सबैका लागि पहुँच योग्य बनाउन प्रेरित गर्दछ । कम बजेटमा राम्रो परफमेन्स खोज्नेहरुका लागि रेड्मी १० सबै भन्दा उत्कृष्ट उत्पादन हो ।

ब्लकबस्टर डिस्प्ले रहेको नयाँ रेड्मी १० को पछाडि जडान गरिएको ठूलो क्यामेराको साथमा फिंगरप्रिन्ट स्क्यान गर्ने स्पेस सबैभन्दा आकर्षक विशेषता रहेको छ । १.१३ यामयाम मोटाइ र २०३ ग्राम वजन भएको यो फोन १७.०४ सियाम (६.७१“) डिस्प्लेको रहेको बताइएको छ ।


यो रेड्मी १० मा रियर र फ्रन्ट क्यामेरा दुवैबाट ३० मेगापिक्चल मा १०८० पि भिडियो खिच्न सकिन्छ । सो फोन नेपाली बजारमा मिडनाइट बल्याक, पसिफिक ब्लु, करेबेयन ग्रीन मा उपलब्ध छ ।


नेपालमा रेड्मी १० ४÷६४ जिबी संस्करणको मूल्य रु. १८,९९९ /- त्यस्तै, हाई–एन्ड ६÷१२८ जिबी संस्करणको मूल्य रु. २१,९९९/- रहेको छ । रेड्मी १० को यो फोन नेपालभर आधिकारिक मी स्टोरहरूमा उपलब्ध छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *