Date

बिहि, बैशाख २०, २०८१
Thu, May 2, 2024

१ अर्ब खर्च भएपछि निजगढ विमानस्थल नबनाउन निर्देशन

१ अर्ब खर्च भएपछि निजगढ विमानस्थल नबनाउन निर्देशन

काठमाडौं, १३ जेठ । राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तरराष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । हालसम्म उक्त आयोजनामा भए/गरेका सबै कार्य तथा निर्णय, स्वीकृतिलाई बदर गर्न र उपयुक्त विकल्प खोज्न सर्वोच्चले आदेश दिएको हो ।

अध्ययनमा झन्डै ३ दशक र १ अर्ब ११ करोड रुपैयाँ खर्च भैसकेको छ । सर्वोच्चका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, प्रकाशमानसिंह राउत, मनोजकुमार शर्मा, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको इजलाशले बिहीवार परमादेश जारी गरेको हो । निजगढ विमानस्थल बनाउने सरकारी निर्णय र स्वीकृतिहरू इजलाशले बदर गरिदिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमको बुँदा ५७ मा आर्थिक वर्ष २०८०/८१ देखि निर्माण कार्य शुरू गर्ने गरी निजगढ अन्तरराष्ट्रिय विमानस्थलको लगानी तथा निर्माण ढाँचा टुंगो लगाइने भनिएको छ । त्यसको ३ दिनमै सर्वोच्चले उक्त विमानस्थल अघि नबढाउन आदेश दिँदै र हालसम्म भएका निर्णयहरू बदर गरिदिएको छ ।

निजगढ विमानस्थल बनाउन गुरुयोजनाका साथै विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाउने तयारी शुरू गरेको छ । सर्वाेच्चको आदेशसँगै सबै काम रोकिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x