Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

देशभर रासायनिक मल अभाव, किसान मर्कामा

देशभर रासायनिक मल अभाव, किसान मर्कामा

काठमाडौं, १३ जेठ । धान रोप्ने बेलामा रासायनिक मलको अभाव हुँदा देश्भरका किसान समस्यामा परेका छन्। हरेक खेतीको समयमा मलको अभाव भोग्दै आएका किसानलाई यस वर्ष पनि धानखेतीका लागि पनि मल अभाव भएको हो।

धान रोप्दा छर्ने डिएपी मल बजारमा छैन । रासायनिक मलको भरपर्दो विकल्प नहुनु र आवश्यक पर्दा खरिद गर्नसमेत मल नपाउँदा किसानले वर्सेनि मलको समस्या झेल्नुपरेको छ । यस वर्षसमेत धान रोप्ने समय हुँदा पनि डिएपी मल पाउन नसकेको किसान गुनासो गर्छन् ।

सरकारको लापरबाहीका कारण यो वर्ष पनि मुख्य सिजनमै रासायनिक मल अभाव भएको भन्दै देशैभर किसानले गुनासो गरिरहेका छन् । बारीको मकै, चैते धान र छिट्टै रोपाइँ हुने असारे धान र बिउमा राख्नका लागि मलको चरम अभाव भएको किसानहरुको गुनासो छ ।

कृषि सामग्री कम्पनीसँग पनि अहिले मलको मौज्दात नै नरहेको साल्ट ट्रेडिङका सूचना अधिकारी कुमारराज भण्डारी बताउँछन् ।उनका अनुसार डीएपी २० हजार मल कोलकाता आइपुगेको छ, २२ हजार टन युरिया विभिन्न मुलुकमा लोड हुँदैछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x