Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

परनिर्भरताको बजेट

परनिर्भरताको बजेट

काठमाडौं, १३ जेठ । आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट निर्माणका लागि अर्थ मन्त्रालयलाई भ्याइनभ्याइ छ । सरकारले जेठ १० गते नीति तथा कार्यक्रम संघीय संसदमा पेस गरेपछि अहिले त्यसको नियमित छलफल भइरहेको छ । यसैमा अर्थमन्त्री जनार्दन शर्मा र उनको समूहले सरोकारवालाहरूसँग रायसुुझाव लिने कामलाई रोकेर बजेटका अंक मिलाउन कम्मर कसेर लागिरहेको छ ।

संघीय संसद्मा बजेटका प्राथमिकता र सिद्धान्तहरूमाथि छलफल भइसकेको छ ।

संवैधानिक व्यवस्थाअनुुसार अर्थमन्त्री शर्माले जेठ १५ गते आइतबार संघीय संसद्मा आगामी वर्षको सरकारी आम्दानी तथा व्ययको अनुमान (बजेट) सार्वजनिक गर्नेछन् ।

आगामी वर्ष चुनावी वर्ष पनि हो । सरकारको नीति तथा कार्यक्रम हेर्दा सतही र चुनाव लक्षित देखिन्छ पनि । तर, यथार्थ रुपमा नीति तथा कार्यक्रम लागू गर्न भने ठूलो बजेटको आवश्यकता पर्छ । जबकि मुलुकसँग स्रोतको अभाव चरम छ ।
वैशाख ३० मा स्थानीय निर्वाचनबाट उत्साहित बनेको वर्तमान गठबन्धन सरकार संघीय र प्रदेशसभा निर्वाचनलाई केन्द्रमा राखेर बजेट ल्याउनेछ ।

सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस, अर्थ मन्त्रालयको बागडोर सम्हालेको नेकपा माओवादी केन्द्र र सरकारमा सहभागी जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र संयुक्त जनमोर्चा नेपालका नेताहरूसमेत आफूअनुुकूलका बजेट कार्यक्रम पार्न अर्थ मन्त्रालय धाइरहेका छन् र सरकारलाई दबाब दिइरहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x