रेनु दाहाल चढेको गाडी दुर्घटना, सुमेरु अस्पतालमा भर्ना

काठमाडौं, १३ जेठ । भरतपुर महानगरपालिकाका नवनिर्वाचित मेयर रेनु दाहाल अस्पताल भर्ना भएकी छन्। शुक्रबार दिउँसो गाडी दुर्घटना हुँदा घाइते भएकी उनलाई ललितपुरको सुमेरु अस्पताल भर्ना गरिएको हो।
उनको टाउकोमा चोट लागेको अस्पताल प्रशासनले जनाएको छ। अहिले उनको टाउकोको सिटी स्क्यान गरिएको र रिपोर्ट आउन बाँकी छ।
प्रहरी स्रोतका अनुसार उनी चढेको प्रदेश ३-०१-०२३ च ७३१८ नम्बरको गाडी जावलाखेलको स्टाफ कलेज नजिकै बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा उनी घाइते भएकी हुन्।