Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सरकारले घरजग्गा कारोबारमा लगाम लगाउँदै

सरकारले घरजग्गा कारोबारमा लगाम लगाउँदै

काठमाडौं, १४ जेठ । तरलता अभाव र बैंकहरुले लगानी गर्न छाडेपछि निरन्तर घटिरहेको घरजग्गा कारोबार आउने बजेटसँगै झनै सुस्ताउने देखिएको छ ।

गत बैशाखमा चैतमा भन्दा ४० प्रतिशतले कमी आएको थियो । सरकारले अनौपचारिक रुपमा भइरहेको घरजग्गा किनबेचमा कडाइ गर्ने गरी नीति तथा कार्यक्रममा राखेपछि बजेटपछि घरजग्गा कारोबार सुस्ताउने मात्रै होइन ठूला लगानीकर्ताहरुले बिक्री गरेर बाहिरन थाल्ने अनुमान समेत गरिएको छ ।

संघीय संसदमा सरकारको आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गदै राष्ट्रपति विद्यादेवी भण्डारीले घरजग्गा किनबेच विशिष्टिकृत संस्थाबाट मात्र गर्ने व्यवस्था मिलाइने बताएकी थिइन् ।

सरकारले भौगोलिक सूचना प्रणालीमा आधारित एकीकृत जग्गा मूल्यांकन प्रणाली विकास गरी वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण गर्ने भएको छ । अहिले घरजग्गा कारोबारीहरुले जथाभावी घरजग्गाको मूल्य तोक्दा घरजग्गाको थाम्नै नसक्नेगरी मूल्य वृद्धि भइरहेको छ । सरकारले ल्याउने नीतिले घरजग्गामा भइरहेको अनौपचरिक लगानीसमेत हतोत्साहित हुने देखिन्छ । जसका कारण पनि घरजग्गाको कारोबार र मूल्यमा समेत असर पार्ने निश्चित देखिएको छ ।

आगामी वर्षको नीति तथा कार्यक्रममा भनिएको छ, ‘विशिष्टिकृत संस्थाबाट मात्र घरजग्गा काराबोर गर्ने व्यवस्था मिलाइने छ ।’ अहिले व्यक्ति तथा संस्था सबैले घरजग्गा किनबेच गर्न पाउने अवस्था छ ।

सरकारले आर्थिक वर्ष ०७७÷७८ को नीति तथा कार्यक्रममा जग्गा जमिनको खरिद बिक्रीलाई औपचारिक प्रणालीभित्र ल्याउन ‘ल्यान्ड मार्केट’ कार्यान्वयनमा ल्याउने उल्लेख गरेको थियो । ल्यान्ड मार्केट निजी क्षेत्रले पनि सञ्चालन गर्न पाउने व्यवस्था थियो। तर अहिलेसम्म कार्यन्वयन भने हुन सकेको छैन ।

नीति तथा कार्यक्रमअनुसार ल्यान्ड मार्केट स्थापनाका लागि भूमि मन्त्रालयले समिति बनाएर अध्ययन समेत गराइसकेको छ । सो अध्ययनले सेयरको कारोबार हुने जस्तै गरी जग्गा जमिन काराबोर हुने बजार स्थापना गर्न सुझाव दिएको छ ।

अनौपचारिक रुपमा भइरहेको घरजग्गा किनबेचलाई औपचारिक माध्यममा ल्याउन अध्ययन गरिए पनि अहिलेसम्म कार्यान्वयनका लागि कुनै पहल भएको छैन । अब सरकारले लिने नीतिले सुधार हुने अपेक्षा गरिएको छ ।
चैत महिनामा ७० हजार ८२९ वटा घरजग्गा कारोबार भएको थियो । नयाँ वर्षसँगै चुनावी माहोलले पनि घरजग्गा कारोबारमा उत्साह आएको छैन । तरलता अभावका कारण बैंकहरूले घरजग्गामा लगानी गर्न छाडेपछि बैशाखमा घरजग्गामा कारोबार ४४ हजार वटामा सीमित भएको छ ।

बैशाख महिनामा देशभरका मालपोत कार्यालयबाट करिब ९९ हजार सेवाप्रवाह हुँदा ४४ हजार ८०३ घरजग्गा किनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x