Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

व्यक्तिगत आयकर सीमा ६ लाख र वृद्धभत्ता १ हजार बढ्ने

व्यक्तिगत आयकर सीमा ६ लाख र वृद्धभत्ता १ हजार बढ्ने

काठमाडौं, १४ जेठ । आगामी आर्थिक वर्षदेखि व्यक्तिगत आयकरको सीमा र वृद्धभत्ता दुबै बढ्ने भएको छ । सरकारले व्यक्तिगत आयकरको सीमा अहिलेको ४ लाखबाट बढाएर ६ लाख रुपैयाँसम्म पुर्याउने भएको छ ।

वर्तमान आयकरको सीमा एकदमै कम भएको भन्दै सरकारको चौतर्फी आलोचन भइरहेका बेला सरकार भोलाी आउने आगामी आर्थिक वर्ष २०७९- ८० बाटमार्फत व्यक्तिगत तर्फको आयकरको सीमा बढाउन अघि बढेको छ ।

व्यक्तिगत आयकरको सीमा राख्न विभिन्न छनोटमा छलफल भइसकेको छ । अर्थ मन्त्रालयले त्यसबाट हुन सक्ने कर नोक्सानको विश्लेषणसमेत गरेको छ ।

आगामी आर्थिक वर्षमा संघ र प्रदेशको निर्वाचन हुने भएकाले सरकार भोट तान्न लोकप्रिय कार्यक्रमहरु बजेटमा समावेश गर्नेछ । यस्तो अवस्थामा लोकलाई रिझाउन वृद्धभत्ता बढाएर कर्मचारीको तलब नबढाउने सम्भावना देखिएको अर्थ मन्त्रालयले जनाएको छ ।

भोटको राजनीतिका लागि एमालेको सिको गर्दै अहिलेको सरकारले ६५ वर्ष पुगेका नागरिकलाई वृद्धभत्ता वितरणको तयारी गरेको छ । सरकारले ६५ वर्ष उमेरदेखिका ज्येष्ठ नागरिकलाई भत्ता दिँदा राज्यलाई वार्षिक २८ देखि ३० अर्ब रुपैयाँ आर्थिक भार थपिने अर्थमन्त्रालयले जनाएको छ ।

वृद्धभत्ता बढाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तागठवन्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र अर्थमन्त्री जनार्दन शर्माबीच छलफल भएको छ ।

नेताहरुबीचमा वृद्धभत्ता बढाउने विषयम सहमति भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x