Date

सोम, जेष्ठ ७, २०८१
Mon, May 20, 2024

जहाज बारम्बार सोही स्थानमा दुर्घटना

जहाज बारम्बार सोही स्थानमा दुर्घटना

काठमाडौं, १५ जेठ । जोमसोम पुग्न हवाई सेवा पोखराबाट सहज छ । तर बेलाबखतका दुर्घटनाले यो रुटको यात्रामा जानेलाई ढुक्क हुने अवस्था भने छैन । पोखरा–जोमसोम उडानमा रुटमै समस्या हुँदा बारम्बार दुर्घटना हुने गरेको छ । सोही दुर्घटना आइतबार पुनः दोहोरिएको छ ।

पुराना जाँचबुझ आयोगले दिने प्रतिवेदनमा समेत यो विषय उल्लेख गरिएका छन् तर कार्यान्वयनमा आएको छैन । तसर्थ बारम्बार घटना हुने गरेको छ ।

यस अघि २०७२ फागुन १३ गते पनि पोखराबाट उडेको तारा एयरको विमान म्याग्दीको दाना गाविस क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा चालक दलसहित २३ यात्रुको मृत्यु भएको थियो ।

जोमसोम उडानमा सहरी क्षेत्रमा अनुकुल अवस्था रहे पनि बीच भागको अवस्था थाहा नै नहुने गर्दछ । यो रुटमा जहाज एटीसीको समेत सम्पर्कमा केही समय हुँदैन ।

सन् १९९८ मा एटीएससी लुम्बिनी एयरको विमान दुर्घटना हुँदा चालकदलसहित १८ को ज्यान गएको थियो ।

यस्तै अग्नि एयरको जहाज २०६९ जेठ १ मा सोही रुटमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा चालकदलका २ सदस्य, १६ भारतीय पर्यटक सवार रहेका थिए । घटनामा चालकदलका २ र १३ भारतीय पर्यटकको ज्यान गएको थियो । विमानमा आगो नलागेकाले ६ जनाको घाइते अवस्थामा उद्धार हुन सकेको थियो । सबै भारतीय पर्यटक मुक्तिनाथ दर्शनका लागि आएका थिए । जहाज जोमसोम विमानस्थलमा अवतरणका क्रममा नजिकैको पानीट्यांकी डाँडामा ठोक्किएर दुर्घटना भएको थियो ।

यस्तै २०७० मा पनि नेपाल एयरलाइन्सको विमान दुर्घटना भयो । जहाज मार्फत गाविस–५ स्थित पुथाङ विमानस्थलको धावनमार्गबाट कालीगण्डकी नदीमा खस्दा चालक दलका सदस्य समेत सबै २१ जना यात्रु घाइते भएका थिए । विमानस्थलको धावनमार्गमा ओर्लिएको जहाज झन्डै २० मिटर अघि बढेपछि केही तल कालीगण्डकी नदीमा खसेको थियो ।

जोमसोमबाट पोखरा फर्किएको सांग्रिला एयरको विमान २०५९ भदौ ३ गते दुर्घटना हुँदा १८ जनाको घटनास्थलमा मुत्यु भएको थियो ।

बारम्बार विमान दुर्घटना भएर पोखरा–जोमसोम हवाई उडानमा मानवीय क्षति भइरहँदा पनि नियामक मुकदर्शक हुँदा टावर र सिग्नलका उपकरणमा वेवास्ता भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x