उद्योगलाई विजुली महशुलमा २ देखि १५ प्रतिशत छुट
काठमाडौं, १५ जेठ । सरकारले मासिक १० करोड रुपैयाँ भन्दा बढी विजुली खपत गर्ने उद्योगको महशुलमा दुईदेखि १५ प्रतिशतसम्म छुट दिने भएको छ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९र०८०को बजेट प्रस्तुत गर्दै यो छुट दिने घोषणा गरिएको हो।
धागो, सिमेन्ट लगायतका ठूला उद्योगीले विद्युत महशुलमा छुट माग्दै आएका थिए।
उनीहरुले उत्पादन प्रतिस्पर्धी बनाएर निकासीका लागि महशुल छुटको व्यवस्था गर्न सरकारसँग माग गर्दै आएका थिए।