Shangrila

भूमिहीनलाई आगामी तीन वर्षभित्र आवासको व्यवस्था गरिने

काठमाडौं, १५ जेठ । सरकारले भूमिहीन दलितलाई आगामी तीन वर्षभित्र आवासको व्यवस्था गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष ०७९र८० को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

उनले तीन वर्षभित्र भूमिहीन दलितलाई आवासको व्यवस्था गर्ने नीतिगत उद्देश्यसहित बजेटको व्यवस्था गरिएको बताए । मन्त्री शर्माले आगामी वर्षको बजेटमा भूमिहीन दलित, सुकुम्बासीको व्यवस्थापनका लागि राष्ट्रिय भूमि आयोगमार्फत् काम अघि बढाउने बताए ।

उनले आयोगमार्फत् थप ३०० स्थानीय तहसँग सहकार्य गरी थप ५ लाख परिवारलाई जग्गा धनीपुर्जा वितरण गरिने बताए ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *