Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

त्रिभुवन विमानस्थलको ट्याक्सी वे र दोस्रो टर्मिनल निर्माणका लागि २ अर्ब २० करोड

त्रिभुवन विमानस्थलको ट्याक्सी वे र दोस्रो टर्मिनल निर्माणका लागि २ अर्ब २० करोड

काठमाडौं, १५ जेठ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन गर्न ट्याक्सी वे र दोस्रो टर्मिनल भवन निर्माण गर्ने भएको छ ।

आर्थिक वर्षक ०७९/८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले विमानस्थलको ट्याक्सी वे र दोस्रो टर्मिनल निर्माणका लागि २ अर्ब २० करोड विनियोजन गरिएको जानकारी दिएका हुन् । यस्तै, आगामी आर्थिक वर्षभित्रमा सरकारले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याउने पनि उनले बताए ।


हवाइ चाप र यात्रुको विश्लेषणको आधारमा गौतमबुद्ध विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण कार्य बढाइने, धनगढी विमानस्थललाई स्तरोन्नती गरी क्षेत्रीय विमानस्थलको रुपमा स्तरोन्नती गर्न सम्भाव्यता अध्ययन गरिने र सुर्खेतको रामघाटमा प्रादेशिक विमानस्थल निर्माणको कार्य अघि बढाउने सरकारले घोषणा गरेको छ ।


यस्तै अर्थमन्त्री शर्माले उदयपुर विमानस्थलको निर्माण कार्य प्रारम्भ गरिने बताउँदै हवाई पूर्वाधार विकासका लागि १२ अर्ब २४ करोड रुपैयाँ छुट्याएको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x