शिक्षामा १ खर्ब ९६ अर्ब ३८ करोड विनियोजन
काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक आव २०७९/८० मा शिक्षा क्षेत्रमा बजेट बढाएको छ । आव २०७८/७९ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत केन्द्रमा ७० अर्ब ५ करोड विनियोजन गरिएको छ ।
यसैगरी, प्रदेशमा ५ अर्ब ३२ करोड छुट्याइएको छ भने स्थानीय तहमा १ खर्ब २१ अर्ब १ करोड बजेट विनियोजन गरिएको छ । गत वर्ष सरकारले आवका लागि १ खर्ब ८० अर्ब ४ करोड रुपैयाँ बजेट बिनियोजन गरेको थियो ।