रेल र मेट्रो आयोजनाका लागि ६ अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन
काठमाडौं, १५ जेठ । आगामी वर्षको लागि रेल र मेट्रो आयोजनाका लागि ६ अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक बर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै रेल र मेट्रो लगायतका आयोजनाका लागि ६ अर्ब ५३ करोड बजेट विनियोजन गरिएको उल्लेख गरेका छन्।
राष्ट्रिय गौरवको पूर्वपश्चिम विद्युतीय रेलमार्गअन्तर्गत पर्ने बर्दिवास निजगढ खण्डमा ट्रयाक बेड निर्माणको काम तीब्रताका साथ अगाडि बढाइने भएको छ।
विराटनगर( धरान(बुटवल र पोखरामा ट्राम यातायातको सम्भाब्यता अध्ययन, काठमाडौं उपत्यकामा मेट्रो रेलका लागि सम्भाब्यता अध्ययन र मुआब्जा रकमको व्यवस्थाको लागि स्रोत सुनिश्चितता समेत गरिएको उल्लेख छ।
जयनगर-जनकपुर-कुर्था-बिजलपुरा-बर्दिवास तथा बथनाह-विराटनगर रेलमार्गको निर्माण गर्ने कार्य पनि समावेश भएको छ।