वैदेशिक रोजगारीमा गएकालाई आईपीओमा १० प्रतिशत लगानी सुनिश्चित गरिने
काठमाडौं, १५ जेठ । वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूलाई धितोपत्र बजारमा लगानी गर्न आईपीओमा १० प्रतिशत लगानी सुनिश्चित गरिने भएको छ ।
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को आय–व्ययको वार्षिक अनुमान बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले गैरआवासीय नेपालीलाई धितोपत्र बजारमा लगानी गर्न कानुनी व्यवस्था मिलाउने पनि बताए ।