सरकारको जोड अर्थतन्त्र सुधार र निर्यात प्रबर्द्धनमै : मन्त्री शर्मा
काठमाडौं, १७ जेठ । अर्थमन्त्री जनार्दन शर्माले आगामी बर्षको बजेट मानवपुजी निर्माण, आयात प्रतिस्थापन, रोजगारी सृजना र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित रहेको बताउनु भएको छ । सरकारको जोड अर्थतन्त्र सुधार र निर्यात प्रबर्द्धनमै भएको उहाँले बताउनु भयो ।
उत्पादनलाई योगदान गर्ने गरि निजि क्षेत्रको मागलाई सम्बोधन गरिएकाले बजेटले लक्षित उपलब्धिहरु प्राप्तिका लागि सहज हुने विश्वास व्यक्त गर्नुभयो । हचुवाको भरमा लक्ष्यहरु तय नगरेको भन्दै उहाँले बजेट तथ्य र यथार्थपरक रहेको दावी गर्नुभयो ।
कतिपय योजनाहरुलाइ सपना भनेर टिप्पणी गर्नेहरू सपना नै सहि त्यसलाई यथार्थमा बदल्न पर्ने बताउनुभयो । धेरै योजनाहरुलाइ तल पठाउने निर्णय गरेको भन्दै त्यसले विकास निर्माणलाई तिब्र गर्न सघाउ पुर्याउने बताउनु भयो ।
स्वदेशी उत्पादन प्रयोगमा जोड दिनुभयो । सरकारले स्वदेशी उत्पादन प्रयोगको सुरुबात गरेको छ । ती उद्योगलाई प्रोत्साहन गर्ने मन्त्री शर्माले बताउनुभयो ।
आगामी बर्ष ८ प्रतिशत आर्थिक वृद्धि हासिल हुने उहाँको दाबी छ । चुनावी कुरा धेरै नभएको बताउनुभयो । तलव वृद्धि, किसानलाई सम्मान गर्न किसान पेन्सनको व्यवस्था उत्पादनसंग जोडीएको बताउनुभयो ।