संसदमा बजेटमाथिको छलफल आजदेखि
काठमाडौं, १७ जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि आजदेखि संसदमा छलफल हुँदैछ । लोकप्रियताका नाममा महत्वाकांक्षी र कार्यान्वयन नहुने खालको बजेट ल्याएको भन्दै चौतर्फी आलोचना भइरहेबीच आजदेखि संसदमा बजेटमाथि छलफल हुन लागेको हो ।
संसदीय चुनावलाई लक्षित गर्दै सरकारले ल्याएको बजेटमाथि विभिन्न सरोकारवाला निकायले मिश्रित प्रतिक्रिया दिएका छन् । सरकारले १७ खर्ब ९३ अर्बको बजेट ल्याएको छ । कर्मचारीको तलव वृद्धिदेखि जेष्ठ नागरिक भत्ताको उमेर २ बर्ष घटाएर ६८ बर्षमै पाउने व्यवस्था गरेलो छ । अन्य धेरै लोकप्रिय र बजेट छर्ने कार्यक्रमहरु ल्याएको भन्दै सरकारको आलोचना भैरहेको छ ।