गरिमा विकास बैंकको नयाँ शाखा ड्राईभरटोल, रुपन्देहीमा
काठमाडौं, १७ जेठ । गरिमा विकास बैंकको नयाँ शाखा ड्राईभरटोल, रुपन्देहीमा संचालनमा आएको छ ।
एक्सेस टु अल भन्ने मुल नारा सहित नेपालभर शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको गरिमा विकास बैंकले लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा ड्राईभरटोल शाखा संचालनमा ल्याएको बैंकले बताएको छ ।
सो बैंकले नेपालभर १२१ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ ।