Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

कुमारी बैंक र लाल रत्न अस्पताल बिच सम्झौता

कुमारी बैंक र लाल रत्न अस्पताल बिच सम्झौता

काठमाडौं, १७ जेठ । कुमारी बैंक लिमिटेड र सुदुरपश्चिम प्रदेश लम्की चुहा नगरपालिका स्थित लाल रत्न अस्पताल बिच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई लाल रत्न अस्पतालबाट प्रदान गरिने स्वस्थ्य उपचार सम्बन्धी सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।


यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो अस्पतालबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिटरक्रेडिट कार्ड वा मोबाइल बैंकिंगबाट गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिने बैंकले बताएको छ ।


बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८१ एटिएम, ४२ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x