Date

शुक्र, बैशाख २१, २०८१
Fri, May 3, 2024

भद्रपुर उडेको बुद्ध एयर जहाजको टायरमा समस्यापछि आपत्कालीन अवतरण

भद्रपुर उडेको बुद्ध एयर जहाजको टायरमा समस्यापछि आपत्कालीन अवतरण

काठमाडौं, १८ जेठ । झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आपत्कालीन अवतरण गराइएको छ । विमानको टायरमा समस्या देखिएपछि काठमाडौंमै फिर्ता भएको हो ।

बुद्ध एयरको ९५३ उडान नम्बरको उक्त विमान टेकअप गर्दा टायरबाट रबरका टुक्रा झरेपछि पुनः त्रिभुवन विमानस्थलमै अवतरण गराइएको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए ।

जहाज सुरक्षित अवतरण भइसकेको उनले बताए । प्राविधिक जाँचपछि मात्र के भएको पत्ता लाग्ने उनको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x