Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

सेनेटरी प्याडमा भन्सार महशुल घट्नु आपतिजनक : प्याड उत्पादक संघ

सेनेटरी प्याडमा भन्सार महशुल घट्नु आपतिजनक :  प्याड उत्पादक संघ


काठमाडौं, १८ जेठ । देशमा सेनेटरी प्याडको उत्पादनमा आत्मनिर्भर भई सकेको अवस्था छ । यहाँ ठूला साना गरी ३५–४० उद्योगहरु ६ अर्बको लगानीमा, ९० करोड थान सेनेटरी प्याड उत्पादन क्षमता भई ६ हजार जनाको रोजगारीमा जसमध्ये अधिकांश महिलाहरु रहेका छन् । हालको नेपाली बजारको माग भने ३० करोड थान मात्रै रहेको छ ।


नेपालमा भएका विभिन्न उद्योगहरुबाट उत्पादीत हुने सेनेटरी प्याडको गुणस्तर विश्वस्तरीय रहेको र यहाँका उत्पादनहरुले नेपाल गुणस्तर चिन्ह पनि प्राप्त गरिसकेका छन । नेपाली उत्पादनहरुको मूल्य किफायति हुनका साथै विदेशी उत्पादन भन्दा निकै सस्तो र गुणस्तरयुक्त रहेको छ ।

आयातीत उत्पादनहरुको गुणस्तरको चेक जाँच भने कुनै निकायले गर्दैन तर हालै भएको बजेट भाषणमा आयातीत सेनेटरी प्याडमा ९० प्रतिशत भन्सार महशुल छुटको घोषणा गरीएको छ । हालको १५ प्रतिशत रहेको भन्सार महशुल अव १.५ प्रतिशत मात्र लागु हुनेछ जवकी कच्चा पदार्थमा १ प्रतिशत भन्सार महशुलको घोषणा गरीएकोे छ तर केही कच्चा पदार्थ तथा प्याकेजिङ मटेरीयलमा लाग्ने ५ प्रतिशत अन्त शुल्क बारे कुनै घोषणा गरीएको छैन । यसो हुँदा तयारी वस्तु भन्दा कच्चा पदार्थमा बढी कर तिर्नु पर्छ जवकी कच्चा पदार्थ तथा तयारी वस्तुको भन्सार महशुल कम्तिमा दुई तहको फरक हुनुपर्ने हो । यो कदमले स्वदेशी उद्योगहरु अप्रतिस्पर्धि भई बन्द हुनेछन र रु. १.५ अर्वको हालको आयात अत्याधिक बढेर ५ वर्षमा वार्षिक रु. ७.५ अर्व पुग्नेछ र व्यापार घाटाको डरलाग्दो घेरा बाट हामी कहिल्यै उम्किन सक्ने छैनौँ ।


महिनावारी व्यवस्थापनमा प्रयोग हुने सेनेटरी प्याडमा कर माफीको महिलाहरुको माग सम्बोधन गर्न आयातीत उत्पादनलाई प्रोत्साहन दिई स्वदेशी उद्योग धारासायी हुने यो निति गलत भएको बताइएको छ । बहुराष्ट्रीय कम्पनिका बहु चर्चित ब्राण्डका आयातीत सेनेटरी प्याड सँग नेपाली ब्राण्डलाई प्रतिस्पर्धा गर्न गाह्रो अवस्थामा सरकारको यस नितिले नेपाली उद्योगहरुलाई चुर्लुम्म डुब्ने बनाएको छ । देशलाई आत्मनिर्भर बनाउदै जाने सपनामा ठुलो बज्रपात भएकोछ । आयात प्रतिस्थापन गर्ने उधेश्यले स्थापित सेनेटरी प्याड जस्तो अत्यावश्यक उद्योगलाई संरक्षण गर्नका निम्ति आहवान नेपाल सेनेटरी प्याड उत्पादक संघले आपति जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x