Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

मल अभावको समाधान नभई कृषि उत्पादन बढाउन सकिन्न : पूर्वअर्थमन्त्री पाण्डे

मल अभावको समाधान नभई कृषि उत्पादन बढाउन सकिन्न : पूर्वअर्थमन्त्री पाण्डे

काठमाडौं, १८ जेठ । कृषिमा जे जस्ता नीति तथा कार्यक्रम ल्याइए पनि तत्कालीन अवस्थामा मल अभावको समाधान नभए कृषि उत्पादन बढ्न नसक्ने पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बताएका छन् । प्रतिनिधिसभाको बुधवारको बैठकमा आर्थिक वर्ष २०७९÷८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा बोल्दै मन्त्री पाण्डेलेआगामी आर्थिक वर्षको बजेटमा उत्पादन बढाउने कुरा गरे पनि कृषि क्षेत्रको समस्या समाधानमा ध्यान नदिएको टिप्पणी गरेका छन् ।

‘अहिले पनि किसानले मल नपाउने अवस्था रहेकाले त्यो समस्याको समाधान नगरी कृषि उत्पादन बढाउन सकिँदैन,’ उनले भने । वर्षे बाली लगाउने समयमा भारतबाट मल कहिले आउँछ टुङ्गो नभएको अवस्थामा मलमा बजेट आधा छुट्टाएर उत्पादन बढाउन नसकिने उनको भनाइ छ । ‘पैसा भएर त किन्ने अवस्था छैन भने बजेट घटाएर कसरी बढाउन सकिन्छ ?’ उनले प्रश्न गरे ।

खाद्यमा अन्तशुल्क लगाउँदा विदेशी खाद्यान्नको आयात बढ्ने पूर्वअर्थमन्त्री पाण्डेले बताए । बिस्कुट, कुकिजलगायत स्वदेशमा नै उत्पादन हुने खाद्यान्नमा अन्तःशुल्क बढाउँदा विदेशी खाद्यान्न सस्तो पर्ने उनले बताए । सेनेटरी प्याडमा ९० प्रतिशतसम्म आयकर छुट दिँदा देशभित्रका उद्योग सुक्दै जान सक्ने उनको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x