Shangrila

कामना सेवा बैंकद्वारा आन्टरप्रेनरशिप डेभलपमेन्ट प्रोग्रामको प्रमाणपत्र हस्तान्तरण

काठमाडौं, १८ जेठ । कामना सेवा विकास बैंकद्धारा अन्तरप्रेरणासंगकोे सहकार्यमा उद्यमशिलता विकास र प्रवर्धनको उद्देश्यले आन्टरप्रेनरशिप डेभलपमेन्ट प्रोग्रामका सञ्चालन गरिएको थियो ।


सो कार्यक्रमका सहभागीहरुलाई बैंकले जेठ १६ गते सोमबार बैंकका सञ्चालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतबाट प्रमाणपत्र हस्तान्तरण गरी कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकोे हो ।


कार्यक्रममा अन्तरप्रेरणाका प्रमुख व्यवसायिक अधिकृत श्रद्धा शाक्य, बैंकका प्रमुख व्यवसाय अधिकारी घनश्याम ढुङ्गेल, तालिमका सहभागीहरु लगायत बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

बैंकले यस्ता कार्यक्रम गर्नुको मुख्य उद्देश्य उद्यमीहरुलाई प्रोत्सान गर्न र नेपालमा रहेको असीमित अवसरहरुलाई सही रुपमा पहिचान गरी नविन सिर्जना मार्फत देशमा आर्थिक स्थिरता बढाउन हो भनि बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।

laxmi_muddati_ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *