Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

स्ट्याण्डर्ड चार्टर्डद्वारा ओपन नलेज नेपाललाई रू. ३० लाख सहायता

स्ट्याण्डर्ड चार्टर्डद्वारा ओपन नलेज नेपाललाई रू. ३० लाख सहायता

काठमाडौं, १९ जेठ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले ओपन नलेज नेपालको किशोरी प्रोजेक्टलाई ३० लाख ३६ हजार रुपैयाँप (२५ हजार अमेरिकी डलर) सहयोग गरेको छ । किशोरी प्रोजेक्टले किशोरावस्थाका युवतीहरुलाई आधारभूत, वित्तीय, डिजिटल र जीवनोपयोगी सीपहरुबाट प्रोत्साहित, सशक्त एवं सुसज्जित गर्ने लक्ष्य राखेको छ ।
परियोजना ७ वटै प्रदेशहरुका १० सामुदायिक कलेजहरुमा १०० भन्दा बढी उच्च शिक्षा अध्ययन गरिरहेका युवतीका लागि लक्षित रहनेछ । यसको कार्यान्वयन पक्षमा शेक्वेल फाउण्डेसनले जिम्मा लिएको छ । यो परियोजना बृहत् आर्थिक समावेशीकरणलाई प्रवद्र्धन गर्दै असमानताको सम्बोधनका लागि बैंकको विश्वव्यापी पहल ‘फ्यूचर्स मेकर्स बाई स्ट्याण्डर्ड चार्टर्ड’सँग मिल्दोजुल्दो छ ।

सहायता रकम बैंकका कर्पोरेट अफेयर्स, ब्राण्ड एण्ड मार्केटिङ प्रमुख प्रनु सिंहद्वारा ओपन नलेज नेपालका सीईओ निकेश बलामीलाई हस्तान्तरण गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x