सुनको मुल्य तोलामा एक सय रुपैयाँले बढ्यो, चाँदीको पनि बढ्यो मुल्य

काठमाडौं, २७ वैशाख । स्थानिय बजारमा विहीबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ । हिजोको तुलनामा सुन प्रति तोला एक सय रुपैयाँ र चाँदी प्रति तोला पाँच रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार विहीबार छापावाला सुन प्रति तोला ५९ हजार एक सय रुपैयाँ तेजाबी सुन प्रति तोला ५८ हजार आठ सय रुपैयाँ र चाँदी प्रति तोला ७७० रुपैयाँ कायम भएको छ । स्थानिय बजारमा हिजो छापावाला सुन प्रति तोला ५९ हजार, तेजाबी सुन प्रति तोला ५८ हजार सात सय र चाँदी प्रति तोला ७६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *