Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

खानेपानी तथा सरसफाइ सुधारका लागि नेपाललाई विश्व बैंकको ९ अर्ब ९५ करोड सहायता

खानेपानी तथा सरसफाइ सुधारका लागि नेपाललाई विश्व बैंकको ९ अर्ब ९५ करोड सहायता

काठमाडौं, २० जेठ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपाललाई खानेपानी र सरसफाई सेवाको आपूर्ति सुधार गर्न र एकीकृत जलस्रोत व्यवस्थापनलाई प्रवद्र्धन गर्न ९ अर्ब ९५ करोड रुपैयाँ (८ करोड डलर) बराबरको सहायता स्वीकृत गरेको छ ।

उक्त सहायता परिचालन हुने परियोजनाले नगरपालिकाको क्षमता अभिवृद्धि गरी स्थानीय तहमा खानेपानी तथा सरसफाइ सेवाको वितरणलाई सुदृढ गर्ने र नेपालको संघीयतामा ऐतिहासिक संक्रमणलाई सहयोग गर्ने लक्ष्य राखिएको छ । साथै नेपालको आर्थिक प्रगतिमा बाधा पुर्याउने खानेपानी र सरसफाइ पूर्वाधारमा रहेका महत्वपूर्ण खाडलहरूलाई पनि सम्बोधन गर्ने विश्व बैंकको अपेक्षा रहेको माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जर्भोसले बताएका छन् ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका रणनीतिक सहर र गाउँपालिकामा जलक्षेत्र सुशासन तथा पूर्वाधार सहयोग परियोजना कार्यान्वयन गरिने विश्व बैंकले बताएको छ । आयोजनाले स्थानीय सरकारहरूलाई खानेपानी र सरसफाइ सेवाहरू दिगो र प्रभावकारी रूपमा उपलब्ध गराउन सक्षम संस्थाहरू विकास गर्न मद्दत गर्नेछ । यस परियोजनाले यस क्षेत्रको प्रादेशिक र संघीय सरकारी निकायहरूको अनुगमन र नियामक क्षमताको विकास गरी ग्राहकहरूप्रति यस क्षेत्रको जवाफदेहीतालाई सुदृढ गर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x