Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

हेलिकप्टरमा दुई पाईलट राख्न असम्भव संघ शीर्षकमा प्रकाशित समाचार प्रति ध्यानाकर्षण : वायुसेवा संघ

हेलिकप्टरमा दुई पाईलट राख्न असम्भव संघ शीर्षकमा प्रकाशित समाचार प्रति ध्यानाकर्षण : वायुसेवा संघ


काठमाडौं, २० जेठ । विभिन्न संचार माध्यमहरुमा हेलिकप्टरमा दुई पाईलट राख्न असम्भव संघ शीर्षकमा प्रकाशित समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको वायुुसेवा सञ्चालक संघले बताएको छ ।


संघका अध्यक्ष क्या रामेश्वर थापाको हवाला दिई एकल इन्जिन भएका हेलिकप्टरहरुमा दुई पाईलट राख्न सकिन्न भन्ने प्रसारित समाचार अध्यक्ष क्या थापासँग सम्वाद नै नगरी उक्त समाचार प्रकाशित गरिएको संघले जानकारी गराएको छ ।


एकल इन्जिन भएका हेलिकप्टरहरुमा २ जना पाईलट राख्नु पर्ने व्यवस्था उत्पादनकर्ताको डिजाईन उद्देश्य र अन्तर्राष्ट्रिय प्रचलनको प्रतिकुल हुने देखिन्छ । यस सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच सदस्यीय प्राविधिक टोलि गठन गरी अध्ययन गरी रहेको परिप्रेक्ष्यमा संघका अध्यक्ष सँग सम्पर्क नै नगरी उहाँलाई उद्धृत गरी यसरी समाचार प्रकाशित गर्नु पत्रकारिताको आचार संहिता विपरित रहेको बताइएको छ ।
संघ तथा संघका सदस्य वायुसेवा कम्पनीहरु उड्डयन सुरक्षा तथा हवाई सुरक्षामा अत्यन्त संवेदनशिल रहेकाले प्राधिकरणको प्राविधिक टोलीले हवाई सुरक्षाका लागि दिने उपयुक्त र सान्दर्भिक सुझाव अनुसार नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट प्राप्त हुने निर्देशनहरु पूर्ण पालनाका लागि संध प्रतिवद्ध रहेको बताइएको छ ।

हवाई सुरक्षामा लागतसँग तुलना नहुने र सुरक्षाका लागि जस्तोसुकै मूल्य व्योहोर्न संघ तथा सदस्य वायुसेवा कम्पनीहरु तयार रहेको बताउदै संघले भ्रामक तथा कपोलकल्पित समाचार प्रकाशित हुनु अत्यन्त दुःखद् रहेको र कुनै पनि समाचार प्रकाशित गर्नु पूर्व संम्बन्धित सरोकारवालाहरुसँग आवश्यक समन्वय गरी सत्य तथ्य समाचार प्रकाशित गरिदिन संघले अपिल गरेको छ । हालका दिनहरुमा संघबाट भए गरेका कामहरुको केही सीमित व्यक्ति तथा समूहबाट आफ्नो स्वार्थ परिपूर्तिका लागि नकारात्मक रुपमा टिकाटिप्पणी गरी भ्रम फैलाउने कार्य भई रहेकोले संघको आधिकारिक धारणा नआएसम्म यस्ता भ्रमपूर्ण समाचारहरुमा विश्वास नगरिदिन प्रेस विज्ञप्ति मार्फत बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x