सेयर बजार ७ अंकले घट्यो, ३५ करोडको कारोबार

काठमाडौं, २७ बैशाख । साताको अन्तिम कारोबार दिन आज सेयर बजार ७.७० अंकको घटेर १३४८.४५ बिन्दुमा झरेको छ ।

आज करोबारमा आएका मध्ये सबै समूहको परिसूचक ओरालो लागेको छ । त्यसमा पनि सबैभन्दा बढी बीमा समूहको परिसूच्क ६९.२८ अंकले घटेको छ । त्यस्तै होटल समूहको ३१, हाइड्रोपावर समूहको परिसूचक २५ र होटल समूहको परिसूचक ३१ अंकले घटेको छ ।

सो दिन एक सय ६१ कम्पनीको ३५ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । जसमा नेपाल लाईफ इन्स्योरेन्सको सबैभन्दा धेरै सेयर किनबेच भएको छ । त्यस्तै समता माइक्रो फाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने नेरुडे लघुवित्त विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *