मुक्तिनाथ विकास बैंक मोरङ्गको विराटनगरमा

काठमाडौं, २७ वैशाख । मुक्तिनाथ विकास बैंकले विराटनगर महानगरपालिका वडा नं. ७, मेनरोड जलजला चोकमा आफ्नो ७८औं शाखा विस्तार गरेको छ । बैंकको उक्त शाखा उद्घाटन नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष नरेन्द्र कुमार खड्काले गरेका हुन् ।

बैंकले पुर्वाञ्चल क्षेत्रमा शाखा विस्तारले त्यहाँ वित्तीय पहुँच विस्तार हुने अपेक्षा गरेको छ । साथै त्यहाँका स्थानिय व्यवसायीहरुलाई कर्जाको लागि बैंकले सहयोग गर्ने जनाएको छ ।

बैंकले आगामी दिनमा सम्भाव्यताको आधारमा मुलुकको शहरी एवं ग्रामिण क्षेत्रमा समेत शाखा विस्तार गर्दै जाने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *