आइएमई जनरल इन्स्योरेन्स र बि एण्ड वि हस्पिटल बिच सम्झौता
काठमाडौं, २७ वैशाख । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र बि एण्ड बि हस्पिटल बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म बि एण्ड बि हस्पिटलबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ ।
उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र बि एण्ड बि हस्पिटलका उपनिर्देशक डा. निरज वैद्यले हस्ताक्षर गरेका छन् ।