वातावरण दिवसको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकको साइकल र्याली
काठमाडौं, २२ जेठ । आज जुन ५, का दिनमा मनाइने विश्व वातावरण दिवसका अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक लि.ले “इन्धन बचाउ पृथ्वी बचाउ”, “साइकल चलाउ इन्धन बचाउ” जस्ता नाराका साथ साईकल र्यालीको आयोजना गरी सम्पन्न गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठबाट साइकल र्यालीमा सहभागीहरुलाई इन्धन बचाउन सांग्रिला डेभलपमेन्ट बैंकले चालेका कदमहरुको विषयमा संबोधन गरे पश्चात साईकल र्यालीको शुरुवात गरिएको थियो ।
बैंकको केन्द्रिय कार्यालय बालुवाटार बाट सुरु भई भाटभटेनी, नक्साल, ज्ञानेश्वर, कृष्ण पाउरोटी, पुतलीसडक, शहिदगेट, माइतीघर, भद्रकाली मन्दिर, जमल, दरबार मार्ग, लैनचौर, कालिका टावर हुँदै सांग्रिला डेभलपमेन्ट बैंक लि. बालुवाटारमा पुगेर सम्पन्न भएको उक्त साइकल ¥यालीमा बैंकका सस्थापक र सञ्चालक ज्यूहरु, प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ, बैंकको उच्च व्यवस्थापन तहका कर्मचारीहरु, विभागीय प्रमुखहरु तथा अन्य कर्मचारीहरुको उपस्थिती रहेको बैंकले बताएको छ ।
इन्धन खपत घटाउने समग्र देशको प्रयासमा केही इट्टा थप्ने उद्देश्यले बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई कार्यालय आवात जावत गर्दा विद्युतीय सवारी साधनको प्रयोग, सार्वजनिक यातायातको प्रयोग, कम इन्धन प्रयोग हुने सवारी साधनको प्रयोग, साईकलको प्रयोग तथा हिंडेर कार्यालय आवत जावत तथा कार पुलिङ्ग गर्न उत्पे्ररित गरिरहेको यस बैंकले आयोजना गरेको यस साइकल र्याली मार्फत वातावरण संरक्षण तथा इन्धन (पेट्रोलियम पदार्थ) बचाउनका लागि बैंकले विभिन्न विकल्पकहरुको प्रयोग गर्न सन्देश दिन खोजिएको जानकारी गराएको छ ।
देशमा इन्धनको खपत सक्दो कम गरी वातावरण लाई सफा स्वच्छ राख्नको लागि विभिन्न किसिमका कार्यक्रम तथा शिविर मार्फत प्रोत्साहित गर्ने उद्देश्यका साथ सेभ फिउल च्यालेन्ज भन्ने नाराका साथ बैंक अगाडि बढेको निरन्तरता दिंदै जाने बैंकले जानकारी गराएको छ ।