Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

मुक्तिनाथ बैंकका ग्राहकलाई पोखराको अन्नपूर्ण केवलकारमा विशेष छुट

मुक्तिनाथ बैंकका ग्राहकलाई पोखराको अन्नपूर्ण केवलकारमा विशेष छुट

काठमाडौं, २३ जेठ । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन पोखरा अन्नपूर्ण केवलकारसँग केवलकारको सेवामा १० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

पोखराकोे सेदीदेखि सराङकोटसम्म हालै सञ्चालनमा आएको केवलकार पर्यटकको आकर्षक गन्तव्य बनेको छ । केवलकारको टप स्टेसन सराङकोटमा स्विइङ , स्काई साइकिलिङ, टावर रेष्टुरेन्ट लगायतका अन्य विभिन्न सेवाहरु उपलब्ध छ ।

उक्त कार्यक्रममा बैंकका तर्फबाट गण्डकी क्षेत्रीय प्रमुख शंकर केसी र अन्य कर्मचारीहरुको उपस्थिति तथा अन्नपूर्ण केवलकारको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश पौडेल र अन्य आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले पोखरा अन्नपूर्ण केवलकारमा केवलकारको सुविधामा विशेष १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्ने बैंकले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x