तामाकोशी-५ र राहुघाट जलविद्युत् आयोजनाका लागि १६ अर्ब लगानी स्वीकृत
काठमाडौं, २३ जेठ । नेपाल विद्युत् प्राधिकरण अन्तर्गत बन्ने तामाकोशी-५ र राहुघाट जलविद्युत् आयोजना निर्माणका लागि १६ अर्ब रुपैयाँ लगानी स्वीकृत गरेको छ । सोमाबार बसेको लगानी बोर्डको बैठकले उक्त लगानी स्वीकृत गर्ने निर्णय गरेको बोर्डले जनाएको छ ।
१०० मेगावाटको तामाकोशी-५ र ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाका लागि १६ अर्ब रुपैयाँको लगानी स्वीकृत गरेको बोर्डका सीईओ शुसिल भट्टले जानकारी दिए ।
तामाकोशी-५ कर्मचारी सञ्चय कोष समेतको लगानीमा निर्माण हुन लागेको आयोजना हो ।