Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

तपाईँको आम्दानी कति ? यस्तो छ करको दर

तपाईँको आम्दानी कति ? यस्तो छ करको दर

काठमाडौं, २४ जेठ । तपाईँले एक वर्षमा के कति कर तिर्नुपर्ला ? हिसाब गर्नुभएको छ । यदि छैन भने तपाईँलाई हामीले जानकारी दिने प्रयास गरेका छौँ । सरकारले यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्‍यो ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दा करका विभिन्न दरको समेत हेरफेर गर्नुभएको थियो । सोही आधारमा आन्तरिक राजस्व विभागले आगामी आवका लागि तिर्नुपर्ने करको दरसमेत सार्वजनिक गरेको छ । विभागका अनुसार तपाईँ अविवाहित हो भने रु पाँच लाखसम्मको आम्दानीमा एक प्रतिशत मात्रै कर तिरे हुन्छ । त्यस्तै तपाईँ विवाहित हो भने रु छ लाखसम्म पनि एक प्रतिशतका दरले मात्रै कर तिरे हुन्छ । त्यो भनेको एकलले रु पाँच हजार र दम्पतिले रु छ हजार मात्रै कर तिरे हुन्छ । त्यस्तै, तपाईँको आम्दानी रु पाँच लाखदेखि रु सात लाखसम्मको आय र रु छ लाखभन्दा बढी रु आठ लाखसम्मको आयमा एकल र दम्पति दुवै समूहले १० प्रतिशत अर्थात् रु २० हजार बराबर कर तिर्नुपर्छ ।

रु सात लाखभन्दा बढी रु १० लाखसम्मको करयोग्य आय र रु आठ लाखभन्दा बढी रु ११ लाखसम्मको करयोग्य आयमा पनि समान २० प्रतिशत अर्थात् रु ६० हजार बराबरको कर तिर्नुृपर्छ । यस्तै, रु १० लाखभन्दा बढी रु २० लाखसम्म एकलले २० प्रतिशत अर्थात् रु तीन लाख बराबरको कर तिर्नुपर्छ । त्यस्तै रु ११ लाखदेखि रु २० लाखसम्म कर योग्य आय गर्ने दम्पतिले ३० प्रतिशत अर्थात् रु दुई लाख ७० हजार बराबरको कर तिर्नुपर्छ ।

यसैगरी रु २० लाखभन्दा बढी आम्दानी हुनेले समान रूपमा रु तीन लाख ६० हजार बराबरको कर तिर्नुपर्ने विभागले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ । विभागका अनुसार रु ३० लाखभन्दा बढी आम्दानी हुने एकलले रु सात लाख ४५ हजार र दम्पतिले रु सात लाख १६ हजार बराबरको कर तिर्नुपर्छ । एकलौटी रुपमा फर्म दर्ता भएका करदाताको हकमा, निवृत्तिभरणबापतको आय, निवृत्तिभरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने व्यक्तिको आयमा एक प्रतिशतको कर नलाग्ने विभागले स्पष्ट पारेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x