Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

विश्वविख्यात आरोही पेट्रोभको हेलिकोप्टरबाट खोजी

विश्वविख्यात आरोही पेट्रोभको हेलिकोप्टरबाट खोजी

काठमाडौं । १० दिन देखि बेपत्ता विश्वविख्यात पर्वतारोही बुल्गेरियान नागरिक बोयान पेट्रोभलाई हेलिकोप्टरबाट खोजी थालिएको छ । तिब्बततर्फ रहेको ८ हजार २७ मिटर अग्लो शिशापाङमा हिमाल आरोहण गर्ने क्रममा गत शुक्रबार देखि उनी बेपत्ता भएका थिए ।

उनको आरोहणको व्यवस्थापन गरेको मकालु एड्भेञ्चरले चीन सरकारसँगको सहकार्यमा इतिहासमै पहिलो पटक नीजि हेलिकोप्टर संचालनको अनुमति लिएर अहिले खोजी गरिरहेको मकालु एड्भेञ्चरका प्रबन्ध निर्देशक मोहन लम्सालले जानकारी दिए । उनको खोजीका लागि आज नेपाली हेलिकोप्टर चीन तर्फ गइसकेको छ ।

८ हजार मिटर अग्ला १४ वटा हिमाल सफलतापूर्वक आरोहण गरिसकेका प्रख्यात आरोही बेपत्ता भएपछि उनको अवस्थालाई लिएर नेपालमा मात्र नभई संसारभर चिन्ता बढेको छ। ८ जना पर्वतारोहीको टोलि सहित शाशापाङगमा आरोहणमा हिड्ेका पेट्रोभ ७५ सय मिटरको उचाइमा पुगेपछि बेपत्ता भएइका थिए । यसअघि उनको खोजीका लागि एक टोलि खटिइसकेको थियो । उक्त टोलीले उनी बेपत्ता भएको क्षेत्रबाट एउटा टेन्ट र स्लिपिङ ब्याग फेला पारेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x