Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

४० वर्षमा पनि पूरा भएन लुम्बिनी विकास गुरुयोजना

४० वर्षमा पनि पूरा भएन लुम्बिनी विकास गुरुयोजना

काठमाडौं, २८ बैशाख । भगवान गौतम बुद्धको जन्म स्थल लुम्बिनी क्षेत्रको संरक्षण र विकास गर्दै विश्वभर चिनाउने उद्धेश्यले सुरु गरिएको लुम्बिनी विकास गुरुयोजना अझै पूरा हुन सकेको छैन । सन् १९७८ मा सुरु गरिएको गुरुयोजना १४ वर्ष भित्र पूरा गर्ने उद्धेश्य राखिएको थियो ।

लुम्विनीको विकास गर्नुपर्छ भन्ने जिम्मेवारी बोध सरोकारवाला व्यक्तिहरुमा नहुदा गुरु योजनाले गति लिन नसकेको कोषका योजना प्रमुख सरोज भट्टराईले बताए । गुरुयोजना अन्तर्गत निर्माण गर्नुपर्ने कतिपय संरचनाहरु निर्माण भइसकेको भने कतिपय महत्वपुर्ण संरचनाहरु निर्माण बाँकी नै छन् । यसको अझै २० प्रतिशत काम बाँकी रहेको र ४ बर्ष भित्र सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए ।

यस्तै कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठीले योग्य र दक्ष पदाधिकारीको अभावमा लुम्विनी गुरु योजना निमार्णको कार्यमा ढिलाइ भएको बताए । स्वदेशी एवं विदेशी सबैको आकर्षणको थलोको विकासमा यसरी ढिलाई हुन लज्जाकाृ विषय भएको भन्दै अव लक्ष्य अनुसार नै काम गर्ने प्रतिवद्धता जनाए ।

यस योजना अन्तर्गत जग्गा अधिग्रहण र भौतीक संरचना निर्माणका लागि हाल सम्म करिव ८ अर्व ६९ लाख ३० हजार रुपैयाँ लगानी खर्च भइसकेको छ भने अझै करिव ६ अर्व रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जापानी बास्तुकलाविद् केन्जो टाँगेको डिजाइनमा अघि बढाइएको गुरुयोजना अन्तर्गत १ हजार १ सय ५५ विघामा पवित्र उद्यान, मोनाष्टिक जोन र न्यु लुम्विनी भिलेजका रुपमा विकास गर्ने योजना छ । जहाँ अहिले २५ देशका छुट्टाछुट्टै मन्दिरहरु रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x