Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

कञ्चनजंघा हिमालबाट १५ टन फोहोर संकलन

कञ्चनजंघा हिमालबाट १५ टन फोहोर संकलन

काठमाडौं, २६ जेठ । कञ्चनजंघा हिमालबाट नेपाली सेनाले १५.३७ टन फोहोर संकलन गरेको छ । हिमालको फोहोर संकलनका लागि युनिलिभरले ‘सफा हिमाल अभियान(२०२२’ मा नेपाली सेनासँग हातेमालो गरेको थियो ।


नेपाली सेनाले गत २ वैशाखदेखि १६ जेठसम्म १६ गतेसम्म हिमाल सफाइ अभियान सञ्चालन गरेको थियो । युनिलिभरका अनुसार सो अभियानमा ३.०२ टन जैविक र १२.३५ टन अजैविक फोहोर संकलन भएको छ ।

अभियानको क्रममा संकलित प्लास्टिक पुनः प्रयोग सुनिश्चित गर्न युनिलिभरले रिसाइक्लिङ साझेदारहरूको रूपमा अभ्नी भेन्चर प्रालिसँग समन्वय गरेको छ ।


मौसममा आएको परिवर्तनका कारण झेल्नुपरेका विभिन्न चुनौतीको सामना गर्दै अभियानमा सहभागी टिमले ४५ दिनको अवधिमा कञ्चनजंघाको फोहोर संकलन गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x