Date

बिहि, बैशाख २०, २०८१
Thu, May 2, 2024

स्मार्टफोनहरू एआईद्वारा संचालित उपकरण बन्दै

स्मार्टफोनहरू एआईद्वारा संचालित उपकरण बन्दै

काठमाडौं, २६ जेठ । समयसँगै तीव्र रुपमा स्मार्टफोनले पनि फड्को मारेको छ त्यसै क्रममा स्मार्टफोनहरू एआईद्वारा संचालित उपकरण बन्दै गएका छन ।
भिभोले पनि सुलभ तथा प्रिमियम सिरिज स्मार्टफोन पोर्टफोलियोमा एआई क्यामेरा टेक्नोलोजी प्रदान गर्दै आइरहेको बताइएको छ । एआई क्यामेरा एल्गोरिदमले विषयलाई पृष्ठभूमिबाट छुट्याउछ र सनसेट, म्याक्रो, ल्यान्डस्केप, पोट्र्रेट, लगायत धेरै इनबिल्ट प्रिसेट दृश्यहरू प्रदान गर्ने बताइएको छ ।
जसले प्रकाश र अन्य कारकहरूमा आधारित वातावरणको आकंलन गर्दै प्रयोगकर्ताहरूलाई एकै पटकमा स्मरणीय क्षणहरु क्याप्चर गर्ने कम्पनीले बताएको हो ।
सो फोन उत्कृष्ट क्यामेरा र आकर्षक डिजाइनका लागि परिचित छ । भिभोका सबै स्मार्टफोनहरु उत्कृष्ट विशेषता र आकर्षक डिजाइनमा अगाडि रहेको कम्पनीले बताएको छ । साथै, उत्कृष्ट प्रविधिहरू समावेश गर्दै स्लिक डिजाइनको स्मार्टफोन निर्माण गर्ने भिभो पहिलो कम्पनी हो । सन् २०१२ मा भिभोले पहिलोपटक विश्वको सबैभन्दा पातलो स्मार्टफोन एक्स१ सार्वजनिक गरेको थियो जुन ६.५५एमएम मात्र मोटो थियो । यो डेडिकेटेड हाई–फाई गुणस्तर अडियो चिप राख्ने विश्वको पहिलो स्मार्टफोन थियो । सन् २०१४ मा, भिभोले एक्स ५ म्याक्स सार्वजनिक गरेको थियो जसको मोटाई ४.७५एमएम थियो । यो अहिले पनि विश्वको सबैभन्दा पातलो फोन हो ।
यस्ता रोचक आउटलुकहरू, अविश्वसनीय विशेषताहरू र उत्कृष्ट डिजाइनहरूका साथ, भिभोले आफ्नो उपकरणहरूमार्फत सबैको ध्यान खिचिरहेको बताइएको छ ।
स्मार्टक्यामेराको विकाससंगै अब व्यावसायिक गुणस्तरका तस्बिरहरू साना उपकरणहरूबाट सहजै खिच्न सकिन्छ । स्मार्टफोनमा एआई–संचालित स्मार्ट विशेषताहरू छन् जसले वातावरणको पहिचान गर्दै नोइज हटाउन, पर्याप्त प्रकाश मिलाउन तथा सुधार गर्न, सार्पनेश मिलाउदै फ्रेममा कुनै पनि अनावश्यक वा धमिलो तत्वहरू हटाएर फोटोहरूलाई स्वचालित रूपमा सुधार गर्न सक्षम बनाउँछ ।
स्मार्टफोनले पृष्ठभूमिको विश्लेषण र पहिचान गर्न, व्यक्ति र वस्तुहरू पहिचान गर्न एआई एल्गोरिदम प्रयोग गर्दछ । यसले विषयलाई फरक बनाउन र दृश्यलाई तीव्र रूपमा सुधार गर्न ब्लर जस्ता विभिन्न मोडहरू र विशेषताहरू सुझाउँछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x