Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

तार्केश्वरका नागरिकले १६६००१४५२२२ मा निशुल्क गुनासो राख्न सक्ने

तार्केश्वरका नागरिकले १६६००१४५२२२ मा निशुल्क गुनासो राख्न सक्ने

नुवाकोट, २६ जेठ । नुवाकोटको तारकेश्वर गाउँपालिकाले गाउँवासीका लागि २४ घण्टे नि:शुल्क हटलाइन सेवा सुरु गरेको छ । गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले बिहीबार हटलाइन सेवाको उद्घाटन गरे ।

दाङसिङस्थित गाउँ कार्यपालिकाको कार्यालयमा स्थापित हटलाइन सेवा केन्द्रको उद्घाटन गर्दै अध्यक्ष अधिकारीले सेवालाई प्रभावकारी ढङ्गले सञ्चालन गर्ने प्रतिबद्धता जनाए । २४सै घण्टा हटलाइन सेवा दिन कर्मचारीको व्यवस्था गरिएको बताउँदै अधिकारीले विनाशंकोच आफ्ना गुनासा वा सल्लाह सुझाब टिपाउन र गाउँवासीलाई अनुरोध गरे ।

‘सेवालाई प्रभावकारी बनाउन २४सै घण्टा कर्मचारी रहने व्यवस्था मिलाइएको छ,’ उद्घाटनपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष अधिकारीले भने, ‘यो सेवाको भरपूर उपयोग गर्नुहुन म सम्पूर्ण तारकेश्वरवासीमा हार्दिक अनुरोध गर्दछु । यहाँहरूको सल्लाह सुझावलाई हामी सहर्ष ग्रहण गर्ने छौं । गुनासाहरूको उचित सम्बोधन गर्ने छौं र समस्यालाई यथाशीघ्र समाधान गर्न लागिपर्ने छौं ।’

गत साता बसेको नवनिर्वाचित गाउँकार्यपालिकाको पहिलो बैठकले अध्यक्ष अधिकारीको प्रस्तावमा हटलाइन सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
अध्यक्ष अधिकारीका अनुसार जनताको सल्लाह सुझाब संकलन गर्ने र जनगुनासोलाई कदर गर्दै जनताका समस्या तत्काल समाधान गर्ने उद्देश्यले हटलाइन सेवा सुरु गरिएको हो । गाउँपालिकाभित्र एम्बुलेन्स, प्रहरीजस्ता अत्यावश्यकीय सेवा लिन पनि हटलाइनको प्रयोग गर्न सकिने उनले बताए ।

हटलाइन सेवाका लागि गाउँपालिकाले टोल फ्री नम्बर १६६००१४५२२२ सञ्चालनमा ल्याएको छ । तारकेश्वरवासीले याे नम्बरमा चौबिसै घण्टा फोन गर्न सक्छन् । यो नम्बरमा फोन गर्दा टेलिफोन शुल्क लाग्दैन ।
समाजसेवाबाट राजनीतिमा लागेका तारकेश्वरका लोकप्रिय नेता अधिकारी अध्यक्ष निर्वाचित भएसँगै तारकेश्वरवासीले गाउँमा विकास र सुशासनको अपेक्षा गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x