Date

आइत, बैशाख २३, २०८१
Sun, May 5, 2024

फोहोर विसर्जनको लागी स्थानियले मागे मन्त्रालयसँग सम्झौता

फोहोर विसर्जनको लागी स्थानियले मागे मन्त्रालयसँग सम्झौता

काठमाडौं, २७ जेठ । शहरी विकास मन्त्रालयमा फोहोर विसर्जनको बाटो खुलाउन भएको छलफलले ठोस निर्णय दिन सकेन । करिब ४ घण्टा छलफल भए पनि स्थानीयले फोहोर विर्सजन तत्काल गर्न नदिने अडान कायम राखे ।

फोहोर विसर्जन गर्न महानगरमा हिजो राति सहमति भए पनि शुक्रबार सिंहदरबारमा आएर भाडियो । ‘महानगरले मात्र गरेर नहुने रहेछ । मन्त्रालयले पनि सम्झौता गर्नुपर्छ,’ छलफलमा सहभागी हुन बञ्चरेडाँडाबाट आएका स्थानीय मनोज तामाङले भने, ’तत्काल फोहोरका गाडी जान दिँदैनौँ ।’

उनले त्यसो भनिरहँदा सांसद गगन थापा र कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले तत्कालका लागि बाटो खुलाउन उनीहरूलाई सम्झाइरहेका थिए । स्थानीयवासीले भने अवरोध कायम गर्ने अडान लिए ।

बञ्चरेडाँडामा पनि वडाध्यक्षसहित स्थानीयको बैठक अहिले बसिरहेको छ । हिजो राति सहमति गरेर गएका धुनीबेँसी नगरपालिका–१ का वडाध्यक्ष मानबहादुर तामाङले यसअघिको सहमतिबारे स्थानीयलाई जानकारी गराइरहेको बताए ।

‘हिजो बिहिबार सहमति भयो । गाउँमा आएर अहिले स्थानीयलाई निर्णयको जानकारी गराएको छु । छलफल चलिरहेको छ । फोहोर आउन दिने नदिने निर्णय गर्छौं,’ उनले भने ।

शहरी विकासमन्त्री रामकुमारी झाँक्री पीडितको माग पूरा गर्न सरकार तयार रहेकाले तत्काल फोहोर व्यवस्थापनका लागि बाटो खुलाउन अपिल जारी गर्न सो क्षेत्रका जनप्रतिनिधिलाई आग्रह गरिन् ।

‘मेरो बोलीले स्थानीयलाई चोट पुगेको भए क्षमा चाहन्छु । आजबाट नयाँ सुरुवात गरौँ । तपाईंहरूको माग सम्बोधन हुन्छ । फोहोर व्यवस्थापनको अपिल जारी गर्नुस्,’ उनले भनिन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x