Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

काठमाडौं महानगरका मेयर सहित फोहोर बोकेका टिपर लागे बञ्चरेडाँडातर्फ

काठमाडौं महानगरका मेयर सहित फोहोर बोकेका टिपर लागे बञ्चरेडाँडातर्फ

काठमाडौं, २७ जेठ । आन्दोलित स्थानीय सहमत भएपछि फोहोर बोकेका टिपर काठमाडौंबाट बञ्चरेडाँडातर्फ लागेका छन् ।

स्थानीयको अवरोधका कारण बुधबार काठमाडौं नै फर्किएका फोहोर बोकेका टिपर आज शुक्रबार बञ्चरेडाँडातर्फ लागेका हुन् ।

बिहीबार राति महानगर र स्थानीयबीच १८ बुँदे सहमति भएपछि फोहोर फाल्न स्थानीय सहमत भएका हुन् । धुनीबेसी नगरपालिका– १ का वडाध्यक्ष मानबहादुर तामाङले फोहोर बोकेका गाडी बञ्चरेडाँडातर्फ गइरहेको बताए ।

‘फोहोरका गाडी आउन थालेका छन् । सिसडोल प्रहरीले गाडी आइरहेका छन् भनेर जानकारी गराएको छ,’ उनले भने, ‘अब हाम्रो अवरोध हुँदैन ।’ वडाध्यक्ष तामाङले भने केही पक्षले अवरोध गर्न सक्ने बताए ।

केही मानिसको असन्तुष्टि रहेको भन्ने छ । उनीहरूले अवरोध गर्न सक्छन् तर हामीले अवरोध गर्दैनौँ,’ उनले भने । सिसडोल प्रहरीले पनि फोहोर बोकेका गाडी आइपुगेको बताएको छ । ‘गाडी आइपुगेको छ । हिजो सहमति भएअनुसार गाडी आएका हुन्,’ एक प्रहरीले भने ।

अब बञ्चरेडाँडामा फोहोर फाल्न स्थानीयले अवरोध नगर्ने, यस्तो छ १८ बुँदे सहमति
मेयर बालेन साहको टोली पनि बञ्चरेडाँडा जान लागेको उनको सचिवालयले जनाएको छ ।

‘स्थानीयले मेयरको गाडी अघिअघि फोहोरको गाडी पछिपछि आउनुपर्ने भनेका छन्,’ बालेनको सचिवालयका सदस्य भूपदेव साहले भने, ‘महानगरको बैठक चलिरहेको छ । बजेटको काम छ । समय मिल्यो भने मेयर बञ्चरेडाँडा जान सक्नुहुन्छ तर टुंगो छैन ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x