Date

आइत, मंसिर २३, २०८१
Sun, December 8, 2024

अमेरिकी वरिष्ठ सैन्य अधिकारी फ्लिनको प्रधानमन्त्री देउवा संग भेट

अमेरिकी वरिष्ठ सैन्य अधिकारी फ्लिनको प्रधानमन्त्री देउवा संग भेट

काठमाडौं, २७ जेठ । अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमाण्डिङ जनरल चाल्र्स ए फ्लिनले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेटवार्ता गरेका छन ।


भेटवार्तामा नेपाल–अमेरिका सुरक्षा सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ । भेटमा मानवीय सहायता र विपद् व्यवस्थापन लगायतका विषयमा छलफल भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।


फ्लायनले राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरूमा नेपालको निरन्तर योगदानको प्रशंसा गरेका थिए । प्रधानमन्त्री देउवालाई भेटेलगत्तै फ्लिन राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन । उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।


बिहीबार चार दिने नेपाल भ्रमणमा आएका अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डर चाल्र्स ए फ्लिनलाई सैनिक मुख्यालयमा गार्डअफ अनर प्रदान गरिने छ ।
गार्डअफ अनरपछि प्रधानसेनापतिको कार्यालय जानेछन । त्यहाँ नेपाली सेनाको अप्रेसन गतिविधिबारे ब्रिफिङ गरिने बताइएको छ । त्यसलगत्तै प्रधानसेनापति प्रभुराम शर्मा र फ्लिनबीच भेटवार्ता हुनेछ । शुक्रबार बेलुका नै प्रधानसेनापति शर्माले रात्रिभोजको आयोजना गर्ने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x