फेरी मलको समस्यामा किसान
काठमाडौं, २८ जेठ । गएका वर्ष जस्तै फेरी यो वर्षपनि किसान मनको समस्यामा परेका छन् ।
रोपाई शुरु हुन लाग्दा पनि रासायनिक मलको अभावले किसान समस्यामा पीडा भोगिरहेका छन् ।
नेपालमा वार्षिक ७ लाख टनभन्दा बढी रासायनिक मलको माग हुने गरेको छ । मलको हाहाकार सबै जिल्ला रहँदा सरकारसँग मल नरहेको थाहा पाएपनि गुपचुप भएको किसानले जनाएका छन् ।
मुख्य सिजनमा ३ लाख टन मल चाहिने बेला अहिले युरिया मलको अभाव छ । डीएपी मल १५ सय र पोटास ६ हजार टनमात्र सरकारसँग रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।
नेपालमा मल आयात गर्ने दुई आधिकारिक कम्पनीमध्ये, कृषि सामाग्री कम्पनीमार्फतका मल वितरण गर्ने ४१ वटा कार्यालय र ५ हजार ३ सय सहकारीमार्फत ७ सय ५३ वटै स्थानीय तहमा जाने मल अहिले अभाव छ ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका प्रवक्ता कुमारराज भण्डारी अहिले मल शून्य मौज्दात रहेको बताउँछन्। भण्डारीका अनुसार डिएपी मल २० हजार मेक्ट्रिटन अहिले कलकता आइपुगेको र युुरिया २२ हजार इन्डोनिसायामा लोड हुने अवस्थामा रहेको जनाए ।
उनले भने, ‘मल आउने पक्रियामा छन्, तर सबै मल आइपुग्न अझै असारको तेस्रो सातासम्म लाग्न सक्छ’ ।
कृषि सामग्राी कम्पनीका प्रबन्धक निर्देशक राजेन्द्रबहादुर कार्कीका कृषि मन्त्रालयले फर्टिलाइजर कम्पनीबाट मल ल्याउन नसक्ने भए अन्य कम्पनीसँग सम्झौता गरेर भए पनि मल ल्याउनुपर्ने बताए । ‘ग्लोबल टेन्डरमार्फत आउने मल पनि समयमै आइपुगेन, जिटुजीको भर पर्दा मल एकैपटक हाकार हुन पुग्यो, मल खरिदका लागि छुट्टै कानून हामीसँग छैन, सार्वजनिक खरिद ऐनलगायत अन्य कानूनी प्रक्रियाले मल ल्याउन समय लागेको हो,तर, प्रयास गरिरहेका छौँ’ कार्कीले भने ।