Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

७.८ प्रतिशतले खुम्चियो आन्तरिक कर्जा प्रवाह

७.८ प्रतिशतले खुम्चियो आन्तरिक कर्जा प्रवाह

काठमाडौं, २८ जेठ । आर्थिक वर्ष २०७८-७९ को दश महिनामा कुल आन्तरिक कर्जा ११.६ प्रतिशतले बढेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७ दशमलव ८ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा उक्त कर्जा १९.४ प्रतिशतले बढेको थियो ।
वार्षिक बिन्दुगत आधारमा २०७९ वैशाख मसान्तमा यस्तो कर्जा १८.९ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १४.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी २३.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ वैशाख मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १६.९ प्रतिशतले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x