Date

आइत, बैशाख १६, २०८१
Sun, April 28, 2024

प्रसारण लाइनमा मानिस चढेपछि प्राधिकरणलाई एक करोड बढीको घाटा

प्रसारण लाइनमा मानिस चढेपछि प्राधिकरणलाई एक करोड बढीको घाटा

काठमाडौं, २९ जेठ । नुवाकोटमा एक व्यक्ति प्रसारण लाइनमा चढेपछि माथिल्लो त्रिशूली थ्री ए अवरुद्ध हुँदा नेपाल विद्युत् प्राधिकरणलाई एकैदिनमा एक करोड बढीको घाटा भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईका अनुसार करिब ९ घण्टा विद्युत् अवरुद्ध हुँदा एक करोड बढीको घाटा भएको बताए । एक घन्टा विद्युत् उत्पादन बन्द हुँदा १० देखी १२ लाख रुपैयाँ घाटा हुने गर्छ ।

हिजो ककनी-७ मा रहेको माता तीर्थ प्रसारण लाइनमा बिहान १० बजे बेलकोटगढी नगरपालिका-१३ घलेगाउँका माइला बिक चढेपछि विद्युत् बन्द प्रवाह गर्नुपरेको थियो । उनलाई ८ घन्टा पछि नेपाली सेनाको हेलिकप्टर मर्फत उद्घार गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x