Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

तातोपानी र रसुवा नाका नियमित सञ्चालन गर्नुपर्ने माग

तातोपानी र रसुवा नाका नियमित सञ्चालन गर्नुपर्ने माग

काठमाडौं, २९ जेठ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले चीनसँग पहल गरेर तत्काल तातोपानी र रसुवा नाका नियमित सञ्चालन गर्नुपर्ने बताएका छन् । शनिबार नेपाल हिमाल सीमापार वाणिज्य संघको २२औँ वार्षिक साधारणसभामा बोल्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले रसुवा तथा तातोपानी नाका बन्द हुँदा व्यवसायीले भारतको कोलकाता हुँदै सामान आयात गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे । उपाध्यक्ष श्रेष्ठले दुवै नाकामा पूर्वाधार, गोदाम घर, सडक तथा पुलको समस्या रहेकाले सरकारले त्यसको समाधान गर्नुपर्नेमा जोड दिए ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले आयात नियन्त्रण वर्तमान समस्याको समाधान नभएको बताए । उनले सरकारले आयातलाई नियन्त्रण नभई व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । गुणस्तरीय सामान सस्तो र मूल्यमा प्रतिस्पर्धी वातावरणमा खरिद गर्ने सर्वमान्य अधिकार आयात नियन्त्रण गरेर हनन् गर्न नमिल्ने उनको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x