सुन प्रतितोला १ हजार ५ सयले बढ्यो
काठमाडौं, २९ जेठ । यस साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ ।
गत शुक्रबारको तुलनामा यस दिन छापावाला सुनको प्रतितोला १ हजार ५ सय र चाँदी प्रतितोला १५ रुपैयाँले बढेर कारोबार भएको हो ।
यस्तै गत शुक्रबार छापावाला सुन प्रतितोला ९७ हजार ७ सय र चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज साताको पहिलो दिन आइतबार मूल्य बढेर सुन प्रतितोला ९९ हजार २ सय र चाँदीको प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।