Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

बैंक तथा वित्तीय संस्थाको कर्जा र निक्षेप वृद्धिदर घट्यो

बैंक तथा वित्तीय संस्थाको कर्जा र निक्षेप वृद्धिदर घट्यो

काठमाडौं, ३० जेठ । चालू आर्थिक वर्षको १० महिनामा कुल आन्तरिक कर्जाको वृद्धिदरमा कमी आएको छ । समीक्षा अवधिमा कुल आन्तरिक कर्जा ११.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १९.४ प्रतिशतले बढेको थियो ।

यसैगरी समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेपको वृद्धिदरमा पनि कमी आएको छ । चालू आर्थिक वर्षको १० महिनामा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ५ प्रतिशतले बढेको छ भने अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो निक्षेप १४.३ प्रतिशतले बढेको थियो ।

२०७९ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती ८.५ प्रतिशत, बचत २८.१ प्रतिशत र मुद्दतीको अंश ५६.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ८.२ प्रतिशत, ३४.३ प्रतिशत र ४९.४ प्रतिशत रहेको थियो ।

२०७९ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३८.४२ प्रतिशत रहेको छ । २०७८ वैशाख मसान्तमा यस्तो निक्षेपको अंश ४०.९४ प्रतिशत रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x