Date

आइत, साउन ४, २०८२
Sun, July 20, 2025

एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाई बाँडफाँट

एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाई बाँडफाँट

काठमाडौं, १ असार । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सात वर्ष अवधि रहेको चौथो बन्दमुखी योजना एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाइ विक्री सम्पन्न भएको छ । फण्डको प्रतिइकाइ रू. १० दरको १० करोड इकाइमध्ये बीज पूँजी बापतको न्यूनतम १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाइ कोष प्रवद्र्घक एनआईसी एशिया बैंक लिमिटेडका लागि सुरक्षित राखी बाँकी रहेको ८ करोड ५० लाख इकाइ गत जेठ १९ गतेदेखि छिटोमा जेठ २४ गते र ढिलोमा असर २ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरिएकोमा मिति जेठ २५ गतेसम्ममा नै माग गरेभन्दा बढी इकाई खरिदको लागि आवेदन प्राप्त भएको थियो ।
उक्त निष्कासनको समयमा जम्मा ९५ हजार ९९७ सर्वसाधारण आवेदकबाट ८ करोड ६५ लाख ४८ हजार २७० इकाई खरिदको लागि आवेदन प्राप्त भएकोमा रीतपूर्वक आवेदन दि ने ९५ हजार ९२९ आवेदकलाई १० करोड २० लाख (बीज पूँजी सहित) इकाइ माग गरे बमोजिम नै मंगलबार साँझ ५ः३० बजे निष्काशन तथा बिक्री प्रबन्धकको कार्यालय बबरमहल, काठमाडौंमा बाँडफाँट गरिएको कम्पनीले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *